नुवाकोटको शिवपुरीमा विद्यार्थीले गरे सामुदायिक स्वास्थ्य निरुपण
प्रविण थपलिया, नुवाकोट
नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ३, मा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न भएको छ। यति स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौंका स्नातक तह (जनस्वास्थ्य) पाँचौ सेमेष्टरको ‘मैना’ विद्यार्थी समुहले एक महिने कार्यक्रम संचालन गरि तयार पारेको सामुदायिक स्वास्थ्य निरुपन सर्वेक्षणको प्रस्तुतीकरण गरिएको छ । शिवपुरी ३ को स्वास्थ्य अवस्थाको बारे गरिएको सर्वेक्षण सोमबार शिवपुरीको महेन्द्र मा वि सल्लेमैदानमा एक कार्यक्रम गरि प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रम अन्तर्गत शिवपुरी गाउँपालिका–३,मा स्वास्थ्यसम्बन्धी तथ्यांकहरु संकलन र विश्लेषण गरिएको यति स्वास्थ्य विज्ञान प्रतिष्ठानका टोली नेता दोय दिपेन चौधरी तथा लोकमाया चौधरीले बताए। सामुदायिक स्वास्थ्य निरुपनमा तथ्यांकहरु संकलनमा गएका अध्यन टोलीले श्वासप्रश्वास सर्ने सरुवा रोग सम्बन्धी जनचेतनामूलक नाटक का साथै सुधारिएको चुलो निर्माण गरि प्रदर्शन गरिएको स्थानीय वासी सावित्री रिजाल खतिवडा ले जानकारी गराउनु भयो। 
शिवपुरी गाउँपालिका ३ का वडा अध्यक्ष रामहरि थापाको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा महेन्द्र मा वि का प्र अ शिवलाल राई ,सल्लेमैदान स्वास्थ्य चौकीका अ हे व कुमार खड्का, लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेविका, स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।



