नुवाकोटमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला भेला माघ २६गते हुने
काठमाडौ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन,नुवाकोटको प्रथम जिल्ला भेला माघ २६गते हुने भएको छ। भेला नुवाकोटको विदुरको समाज सचेतना केन्द्रमा विहान ११ बजे हुने भएको छ।
भेलामा प्रमुख अतिथि नुवाकोटका पुर्व सासद तथा नेकपा एकीकृत समाजवादी पोलिटव्युरो सदस्य तथा नुवाकोट ईन्चार्ज राजेन्द्र प्रकाश लोहनी रहनु भएको छ। भेलामा सगठनले नुवाकोट जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी साथीहरूमा सहभागिताका लागि हार्दिक आमन्त्रण गरेको प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सगठनका केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डेले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



