स्वास्थ्यमन्त्री खतिवडाद्धारा शताव्दी पुरुषको स्वास्थ्य स्थितिको जानकारी लिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थितिको जानकारी लिनुभएको छ । केही दिन अघिदेखि विरामी भई अस्पताल भर्ना हुनुभएका उहाँको अस्पतालमा पुगेर स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको हो । 
भेटमा मन्त्री खतिवडाले अस्पताल प्रशासन समक्ष उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिँउदो इतिहास भएको भन्दै उहाँको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।       
जोशीको ललितपुर स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जोशीको माघ २५ गतेदेखि श्वास प्रश्वासमा समस्या देखिको थियो । निमोनिया देखिए पनि कोभिड परिक्षणमा भने निगेटिभ पाइएको छ ।