नेपाल खेलकुद महासंघ समाजवादीले गठन गर्यो तारकेश्वर नगर कमिटी र क्षेत्र न ६कमिटी

काठमाडौ । नेपाल खेलकुद महासघ समाजवादी काठमाडौ क्षेत्र न ६ तथा तारकेश्वर नगर विस्तारीत भेला शनिबार तारकेश्वर ११ नेपालटार स्थित शेषमती पुल दियालो फुडल्यण्डमा सम्पन्न भएको छ ।                      भेलाले नेपाल खेलकुद महासघ समाजवादी तारकेश्वरको अध्यक्षमा सानुबाबु महर्जन उपाध्यक्ष जय राम थापा ,सचिव मनिष महर्जन र उपसचिव विजय महर्जन कोषाध्यक्षमा राजकुमार तामाङ रहेका छन।२९ सदस्यीय नगर कमिटी गठन गरेको हो ।                  त्यस्तै नेपाल खेलकुद महासघ काठमाडौ क्षेत्र न ६ कमिटी गठन गरेको छ ।कमिटी अध्यक्ष प्रकाश लामा उपाध्यक्ष शुरेस मान्नधर सचिव पुजा महर्जन सहसचिव अनुज महर्जन कोषध्यक्ष प्रतिक सुनवार सह कोषाध्यक्ष प्रशान्त खडगी रहेका छन।                     १९ सदस्यीय काठमाडौ क्षेत्र न ६ कमिटी गठन गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी का केन्द्रीय सचिव जिवनराम श्रेष्ठ रहेका थिए भने विशेष अतिथि बागमती प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री बसन्त मान्नधर रहेका थिए। कार्यक्रम नेकपा एकीकृत समाजवादीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।