टाेखामा नेपालभाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौ। टाेखा नगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको सामुदायिक स्कुलमा नेपालभाषा पठनपाठनका लागि आज टाेखा नगरपालिका वडा नं ३को सभाहलमा शिक्षकलाई प्रशिक्षण सुरुवात गरेको छ।
५ दिनसम्म चल्ने नेपाल भाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षणको शिक्षा युवा तथा खेल शाखा टाेखा नगरपालिकाको आयोजना र मातृभाषा संरक्षण अभियान तोखाको प्राविधिक सहकार्यमा टाेखा नगरपालिका वडा नं.२ र ३ का संस्थागत एवं सामुदायिक स्कुलमा स्थानीय विषय नेपालभाषा विषय पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगाेलले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रम टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा
मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर , टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , टाेखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ
टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले नेपाल भाषाको महत्त्व वारे प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले १७२ शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको जानकारी दिनुभयो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ।
यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ। अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाले तयारी
गरिएको बताए ।
आगामी शैक्षिक सत्रदेखि अनिवार्यरुपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जना जम्मा शिक्षक राख्ने कामपाको तयारी छ।
पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन,
चाडपर्व/जात्रापर्व, भाषा, लिपी, परम्परागत खेल
संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताए।
प्रशिक्षणको उद्घाटन गर्दै टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरपालिका वडा २ र ३ मा सम्पदा संरक्षण गर्ने अभियानका लागि स्थानीय नेपाल भाषाकै पाठ्यक्रम राख्ने निर्णय भए अनुसार नगरसभाबाट सर्वसम्मत निर्णय गरेर स्थानीय पाठ्यक्रम तर्जुमा गरेको बताउनुभयो । नेपाल भाषा भनेको नेवार समुदायको मात्रै भाषा होइन,यो त राष्ट्रिय भाषा हो। नेपाल भाषालाई नेवार समुदायको भाषा हो एउटा जातिको मात्रै भाषा हो भनेर सम्झिएर मनन गर्दा यो सोचबाट हामीले परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो।
नेवा अभियन्ता कृतन श्रेष्ठले संचालन गर्नुभएको
कार्यक्रममा टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोल,
टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम,
काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी,टाेखा नगरपालिकाका शिक्षा युवा तथा खेल शाखा प्रमुख खगेन्द्र सिंह धामी , नेवा वस्ती नेवा स्कुल अभियानका संयोजक दिपक तुलाधर , नेवा विद्यार्थी युनियनका महसचिव प्रशान्त डंगोल , टाेखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल ,मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर , टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , टाेखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ र सृजना आचार्य लगायत टाेखा नगरपालिका वडा २ र ३ का गरि ३० जना शिक्षक शिक्षिका हरुको उपस्थिति रहेको थियो



