पाँचपोखरी टी–टन्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने
काठमाडौ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ। 
खेलकूदका माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
२०७४ सालबाट सुरु गरि ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न भैसकेको यस प्रतियोगिताको यो चौथो संस्करण हो । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको खेलकुद समितीका अध्यक्ष टासि लामाले जानकारी गराए ।
उक्त प्रतियोगिताको नाम र फाट परिवर्तन गरी पाँचपोखरी T-20 जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता- २0७८ आयोजना गर्न लागिएको यस प्रतियोगिता काठमाडौंको मूलपानी क्रिकेट रङ्गशालामा यही २०७८ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।
उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको छ । टिम प्रवेश शुल्क रु. १२,०००।- रहेको छ ।
यस प्रतियोगितामा बिजेता र उपबिजेता हुने टिमले क्रमशः रु. ७५,०००।- र ४०,०००/- नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट व्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यसैगरी ग्रेट हिमालय क्रिकेटले उत्कृष्ट खेलाडिलाइ १ बर्ष निशुल्क प्रशिक्षण समेत दिने भएको छ ।



