तारकेश्वरको दगुर्नेपानीमा एक युवक मृत फेला

तारकेश्वर, ७ साउन । तारकेश्वर नगरपालिकाको दगुर्नेपानीमा डेरा गरी बस्ने एक युवक मृत अवस्थामा फेला परेका छन् ।

रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–६ स्थायी घर भई तारकेश्वर नगरपालिका वडा नं ४को दगुर्नेपानीस्थित सिंहधन राईको घरमा डेरा गरी एक्लै बस्दै आएका करिव ३० वर्षे निङ्ममा तितुङ मृत फेला परेका हुन् ।

मंगलबार राति ११.३० सम्म कोठामा पानी भरेर सुतेका भनिएका तितुङको कोठा बुधवार दिउँसो २ बजेसम्म पनि नखुलेपछि नजिक बस्नेहरुले प्रहरिलाई खबर गरेका थिए । प्रहरी आएर ढोका खोली हेर्दा भित्रबाट चुकुल लगाएको अवस्थामा तितुङको मत्यु भएको पाइएको हो । उनको हटट्याकका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रहरीले घटनास्थलबाट आफन्त बोलाएर पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको छ ।