प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तारकेश्वर नगरले माग्यो बेरोजगार ब्यक्तिको आवेदन
तारकेश्वर, १५ साउन । तारकेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय दिनको रोजगारीका लागि रोजगार सेवा केन्द्रमा स्थानीय बेरोजगार नागरिकहरुको सूचिकरण गर्न आह्वान गरेको छ।
बेरोजगार नागरिकले वडा कार्यालयमा गई निर्देशिकाको अनुसुचि १ बमोजिमको ढाँचामा निवेदन दर्ता गनुपर्ने छ। निवेदन दिने समय भदौ ७ गतेसम्म रहेको नगरपालिकाद्वारा प्रकाशित सूचनामा जनाइएको छ । सरकारले अघिल्लो वर्षदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहले सो क्षेत्रका बेरोजगार नागरिकलाई रोजगारी दिने योजना रहेको छ ।
यो कार्यक्रमको प्रभावकारितालाई लिएर भने विज्ञहरुले आलोचना गर्ने गरेका छन् ।
१५ श्रावण २०७७, बिहीबार