सांसद विकास कोष र स्थानीयको लगानीमा काभ्रेस्थलीमा ४८ लाखको पानीट्यांकी निर्माण

तारकेश्वर, ३ साउन । पूर्वरक्षामन्त्री एवं काठमाडौं क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानले तारकेश्वर नगर वडा नं २ मा निर्मित खानेपानी ट्याङ्कीको उदघाटन गरेका छन् ।

स्थानिय पुर्बाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) बाट २५ लाख र स्थानीय उपभोक्ताबाट २३ लाख गरी ४८ लाखमा पानी ट्याङ्की र धारा जडान गर्न सफल भएको वडाका अध्यक्ष रविन्द्र केसीले जानकारी दिए ।

खानेपानी योजनाबाट तत्काल ८३ घर लाभान्वित भएपनि यो बृह्त योजना भएको बताइएको छ । यसबाट अझै थप धाराहरु जडान गर्न सकिने छ । नवनिर्मित ट्याङ्कीमा २ लाख ४५ हजार लिटर पानी अट्ने क्षमता छ । ७२ घण्टामा पानीले ट्याङ्की भरिएको कुरा नेपाली काँग्रेसका प्रदेस सांसद्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनाले जानकारी दिए ।

शनिबार एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वरक्षा मन्त्री माननिय भिमसेन दास प्रधानले काभ्रेस्थलीमा निर्माण भएको खानेपानी ट्याङ्की र पाईप लाईन बिस्तारको धारामा पानी र चाँबी खोलेर उद्घाटन गरेका हुन् ।

दलकाप खानेपानी उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा तारकेश्वर वडा नं २ का वडा अध्यक्ष रविन्द्र केसी सहित विभिन्न राजनीतिक पार्टीका नेताहरु, समाजसेवीहरु र खानेपानी उपभोक्ता समितिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी, महासमिति सदस्य मोहम्मद निजामुद्दिन, क्षेत्रिय सदस्य राजकुमार महर्जन, क्षेत्र नं ६ का प्रमुख सल्लाहकार परशुराम लामिछाने र नेपाली काँग्रेसका प्रदेस सांसद्का उम्मेदवार विष्णुभक्त तिमिल्सिना लगायत सहभागी थिए ।