टाेखाका पञ्चकाजीले फलाए एक किलाेकाे करेला

टाेखा, ७ साउन । काठमाडौ टोखा नगरपालिकाका एक किसानले बारीमा एक किलाेकाे करेला उत्पादन गरेका छन् ।

टाेखा वडा नं १ का कृषक पञ्चकाजि श्रेष्ठले गरेको तरकारी खेतीमा १ केजीकाे करेलो उत्पादन भएको हो । उनले आफ्नो फार्ममा विभिन्न जातका मौसमि तथा बेमौसमी तरकारी लगाएका छन ।

श्रेष्ठले आफु २०५२ सालदेखि तरकारी खेतीमा लागेको बताए। मेहनति कृषक पञ्चकाजी आफ्नो फार्ममा उत्पादन गरेको तरकारी आफै बजार लैजान्छन् ।श्रेष्ठले उत्पादन गरेको करेला देख्दा परिश्रम गरे नेपालमै राम्रो गर्न सकिने सन्देश दिएका छन् । तरकारी खेती गर्न चाहानेका लागि श्रेष्टबाट प्रेरणा मिल्न सक्छ ।

७ श्रावण २०७७, बुधबार