कम्युनिष्ट पार्टीमा क्रान्तिकारी धारा विस्थापित भयोः लेखनाथ न्यौपाने

तारकेश्वर, १७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताद्वय पुष्पलाल श्रेष्ठ र नरबहादुर कमाचार्य स्मृति दिवसको अवसरमा सरस्वती माध्यामिक विद्यालय टोखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मालेमा युवा अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य लेखनाथ न्यौपाने प्रमुख अतिथिका रुपमा उपस्थित थिए । छलफलमा नेकपाका विभिन्न तहका नेता, कार्यकर्ता तथा पेशाकर्मीहरु सहभागी थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको सत्तरी बर्षको अवसरमा अबको यात्रा कता भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।


नेता न्यौपानेले नेपालमा समाजवाद केन्द्रित राजनीतिक अवधारणका बारेमा अझै बहस हुन आवश्यक रहेको बताए । माकर््सवादी धारणालाई आधार मानी विश्व मजदुर एकताको जगमा बनेको नेपालको कम्युनिष्ट पार्टीमा क्रान्तिकारी धारा र रेडिकल धारा विस्थापित भएको उनको तर्क छ । तथापी नेता न्यौपानले हालको सरकारलाई सुधारवादी सरकारका रुपमा लिएका छन् ।
कम्युनिष्ट पार्टीलाई गतिशिल बनाउन कार्यकतालाई आफ्नो दृष्टिकोणलाई सकारात्मक र स्वेछिक ढङगबाट राख्नसक्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा सहभागीहरुले कम्युनिष्ट पार्टी र हालको सरकारका गतिविधिलाई लिएर विभिन्न आलोचना, विश्लेषण र टिप्पणी गरे ।

१७ श्रावण २०७७, शनिबार