सिन्धुपाल्चोकमा गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार
बिहान ८ बजेदेखी भर्ना गरेको ३४ वर्षीय गर्भवती महिला पासाङ लामाले स्थानीय स्वास्थ चौकीबाट सुत्केरी गराउन नसकेपछी गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाँडौं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । बच्चाको टाउको ठुलो रहेको र मुटुको धड्कन् सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।
सडक पनि अबिरल बर्षाले क्षती गरेपछी हेलिकप्टर मार्फत उद्दार गरिएको धितालले जानकारी दिए ।
रेडियो मेलम्चीबाट