तारकेश्वर नगरपालिकाले एकहप्तालाई स्थगित गर्यो नियमित सेवा
तारकेश्वर, २५ साउन । कोरोना भाइरसको संक्रमण र जोखिम बढ्दै गएपछि तारकेश्वर नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा साउन मसान्तसम्मलाई स्थगित गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णय अनुरुप नै अत्यावश्यक बाहेकका सेवा नदिने सूचना जारी गरेको हो ।
नगरले साउन ३२ गतेसम्म स्वास्थ्य सम्बन्धी, कोभिढ १९ सम्बन्धी, सवारी पास वितरण तथा विपद व्यवस्थापन बाहेकका सबै सेवा स्थगित गरेको हो । यसअघि उपत्यकाका तिनै जिल्ला प्रशासनका अधिकारी, सुरक्षा निकाय लगायतको बैठकले भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगत गर्ने निर्णय गरेको थियो ।
२५ श्रावण २०७७, आईतवार