अविरल वर्षा संगै आएकाे वाढिले १५ घर जाेखिम,सयाै राेपनि खेतमा पस्याे बाढि

नुवाकाेट- साउन २६ नुवाकाेट विदुर नगरपालिका-१० स्थित गेर्खुखाेलासगै रहेकाे पातले खाेला दाेभानमा हिजाेराति देखिकाे अविरल वर्षाकाे कारण बाढि र पहिराेले गर्दा सयाै राेपनि खेत बगाएकाे छ।
पहिराेकाे कारण एक घर भत्किनुकाे साथै १५ घर जाेखिममा परेकाे स्थानिय युवा तथा विध्याथी नेता अच्युत धमलाले जानकारी दिनुभएकाे छ। विध्याथी नेता धमलाकाे अनुसार स्थानिय रामहरि धमलाकाे घर पुरिएकाे तर कुनै मानविय क्षति नभएकाे उहाँले जानकारि दिनु भएकाे हाे। धमला का अनुसार लगभग १५ घरमा वाढिपसेकाे छ । उहाँ भन्नू हुन्छ “गाउलेहरु त्रासमा छन त्यहि घरमा वस्ने अवस्था छैन । तत्काल स्थानिय सरकारकाे ध्यानाकर्षण हुनु जरुरि छ”।
हिजाे देखि परिरहेकाे पानीले नुवाकाेटका दर्जनाै ठाउँमा वाढि र पहिराे ले त्रास निम्ताएकाे छ।