शिवपुरीको कालिकादेवि मा वि मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौँ,। नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ गुर्जेमा रहेको कालिकादेवि मा वि मा शिक्षा मार्फत ससक्तिकरण कार्यक्रम सम्पन्न भएको छ। मङगलवार विधालयमा पिस फष्ट संस्थाकि आचल अधिकारीको संयोजनमा भएको कार्यक्रममा विधार्थीले कविता, नाटक ,गित मार्फत बालविवाह,महिला हिंसा बारे जनचेतनामूलक सन्देश दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया रहनु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका पहिलो प्रथामिकता शिक्षा क्षेत्रको विकासका लागि लागिएरहेको र स्वास्थ्य कृषि पर्यटन लगाएत सबै क्षेत्र को विकासका लागि काम गरिरहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वीर बहादुर तामाङले कालिका मावि शिवपुरीको विधालयहरु मध्य अतिरिक्त क्रियाकलाप राम्रो रहेको र समाज विकासका लागि शिक्षा प्रमुख आधार भएको बताए । कार्यक्रममा शिवपुरी वडा नं ६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले आफू निर्वाचित भएर वडामा आएदेखिनै पहिलो प्रथामिकता सामुदायिक विधालयमा गुणस्तरीय शिक्षा दिन लागिरहेको बताए । कार्यक्रममा विधालयका प्रधानध्यापक कृष्णकुमार श्रेष्ठले विधालयमा गुणस्तरीय शिक्षा दिन लागिरहेको बताए । कार्यक्रममा पिस फष्ट संस्था कि कार्यक्रम संयोजक आचल अधिकारीले नेपाली समाजमा हुने महिला हिसा बाल विवाह विकृत विसंगतिको विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आईरहेको बताईन।