काभ्रेस्थलीको ॐशिवपुरी बचत तथा ऋण सहकारीले गर्यो नवनिर्मित भवनको उदघाटन

काठमाडौ, वैशाख २३ : तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा रहेको ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लि को १५ अैा स्थापना दिवस तथा भवन उदघाट कार्यक्रम सम्पन्न भएको छ।                                                                                               शनिबार काभ्रेस्थलीमा एक कार्यक्रमका विच काठमाडौ क्षेत्र न ६ का सघिय सासद तथा पुर्व शिक्षा मन्त्री शिशिर खनालले भवनको समुदघाटन गर्नु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भने पछाडि परेको वर्गले सबै ठाउँमा सम्मान अधिकार पाउन पछ सहकारीले समानतामुलक काम गर्नुपरछ पछिल्लो समयमा सहकारीहरुको समस्या आएको र समस्याहरु आफुले संसदमा पनि उठाईरहेको बताए।                                                                                                        कार्यक्रममा बागमती प्रदेससभाका सदस्य अमन मास्केले सहकारी नेपाल को लागि अर्थतन्त्रको खम्बा रहेको र महत्त्वपूर्ण योगदान रहेको छ। समाज रुपान्तरण को लागि सहकारी एउटा महत्त्वपूर्ण अौजार रहेको छ उहाँले भने रोग लाग्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो , सहकारी अभियानताहरु सजग हुनुपर्ने बताए ।सस्थाको अध्यक्ष रविन्द्र केसीले भने सहकारीले कोभिडको समस्या परेको बेला राहत वितरण गरिएको र विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र नवनिर्मित भवन रकम सटसट्टी लाख सईतिस हजारमा भवन बनेको बताए ।

२३ बैशाख २०८०, शनिबार