टोखामा सबै जात्रापर्व र भेला स्थगित गर्न नगरपालिकाको आह्वान, कृष्णअष्टमी जात्रापनि भएन
तारकेश्वर, २७ साउन । टोखा नगरपालिकाले नगरभित्र हुने सबै जात्रा, पर्व, सभासम्मेलनजस्ता गतिविधि रोक्ने निर्णय गरेको छ ।
उपत्यकाका मेयरहरुको संयुक्त बैठकले कोरोना भाइरस समुदायस्तरमा फैलिरहेको ठहर गर्दै सभासम्मेलन र सार्वजनिक कार्यक्रम रोक्ने निर्णय गरेको भोलिपल्ट टोखाको नगर कार्यपालिकाले यस्तो निर्णय गरेको हो । भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न सार्वजनिक कार्यक्रम नगर्न सूचित गरिएको नगरका मेयर प्रकाश अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
कृष्णअष्टमी जात्रा पनि भएन
नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गर्ने तयारी गरेका बेला टोखामा वर्षेनी हुँदै आएको कृष्णअष्टमी जात्रा पनि रोकिएको छ । टोखा वडा नं २ को सपनतीर्थ दाफा खलःले आयोजना गर्ने कृष्णअष्टमी जात्रा रोकेको हो ।