सबै सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन
तारकेश्वर, २८ साउन । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएसँगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने पास वितरण नगर्न निर्देशन दिएको छ ।
देशका ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै पास वितरण अर्को सूचना नहुँदासम्मलाई पास वितरण नगर्ने निर्णय गरेको हो । बिहीवारबाट यो नियम लागू भएसँगै देशभरका जिल्ला प्रशासनबाट जारी भएका पासले काम नगर्ने भएको छ । कुनकुन पास वितरण गर्ने र कुन कुन नगर्ने भन्ने चाहीँ गृहको परिपत्रमा स्पष्ट पारिएको छैन ।
हेर्नुस गृहको सूचना