प्रेस काउन्सिल र सूचना विभागले रोके अधिकांश सेवा
तारकेश्वर, २८ साउन । पत्रकार तथा सञ्चारगृहको नियमनकारी निकाय प्रेस काउन्सिल र सूचना तथा प्रशारण विभागले कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आफ्ना सेवाहरु स्थगन गरेका छन् ।
छुट्टा छुट्टै सूचना मार्फत यी दुई निकायले अर्को सूचना नहुँदासम्मका लागि सेवा रोकेका हुन् । यद्यपी सूचना तथा प्रशारण विभागले श्रमजीवी पत्रकारहरुको उजुरी लिने कार्य भने नरोकिने स्पष्ट पारेको छ । सूचना अनुसार श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को दफा २४ अन्तर्गत पत्रकारले यो बीचमा पनि प्रेस रजिष्ट्रारसमक्ष मुद्दा दर्ता गर्नसक्ने छन् ।