बानियाँटार हाईटमा गाँजा नष्ट
तारकेश्वर, ३० साउन । टोखा नगरपालिका वडा नं ८ को बानियाटार हाईटमा गाँजा नष्ट गरिएको छ। सामुदायिक सेवा केन्द्र गोङ्गबु तथा सामुदायिक प्रहरी गोंगबुको आयोजनामा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहाल, वडा नं ८ का अध्यक्ष केशब खत्री र बनियाटार युवा क्लबको संयुक्त सहभागीतामा गाँजा फडानी गरिएकाे हाे । कानुनले अबैध गरेको र जथाभाबी फैलिएको गाँजा बानियाँटार हाइटमा अत्याधिक देखिएकाले नष्ट गरिएको सामुदायिक सेवा केन्द्र गोंगबुका कोषाध्यक्ष पुरुषोत्तम अाचार्यले तारकेश्वर अनलाइन लाई जानकारी दिए । यद्यपि पछिल्लाे समय गाँजालाई वैध गर्न अावाज उठिरहेकाे छ । सत्तारुढ दलकै साँसदहरुले गाँजा खेतिलाई वैध गर्न प्राइभेट विधेयक समेत संसदमा दर्ता गरेका छन् । तर, विद्यमान कानूनकाे नजरमा गाँजालाई लागुपदार्थकाे रुपमा राखिएकाे छ । जसकाे खेति, अाेसारपसार र विक्रिवितरण अवैध मानिन्छ ।
३० श्रावण २०७७, शुक्रबार