मनमैजुबाट संकलन गरिएको १९ स्वाब सबै नेगेटिभः तानपा

तारकेश्वर, ३१ साउन । तारकेश्वर नगरपालिका वडा नं १० मा एकजना कोरोना संक्रमित भेटिएसँगै ति व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिलाई भने कोरोना नेगेटिभ आएको छ ।
पीसीआर परीक्षण गरिएका १९ जनामा कसैलाई पनि कोरोना संक्रमण नदेखिएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख जनार्दन अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिए । सम्भावित संक्रमितको नमूना बुधवार संकलन गरिएको हो ।
संक्रमित फेला परेसँगै सो क्षेत्रमा सतर्कता बढाइएको छ ।