तारकेश्वर नगरले थप एकसाता अत्यावश्यक बाहेकका सेवा नदिने
तारकेश्वर, ३२ साउन । तारकेश्वर नगरपालिकोले अत्यावश्यक बाहेकका सेवा नदिने सम्बन्धी यसअघि गरेको निर्णयलाई निरन्तरता दिँदै समयावधि थपेको छ ।
नगरपालिकाले आइतवार एक सूचना प्रकाशित गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै साउन मसान्तसम्म स्थगित गरेका सामान्य सेवाहरु भदौ ७ गतेसम्म नदिने निर्णय गरेको हो । नगरपालिकाले यसबीचमा पनि कोभिड नियन्त्रण सम्बन्धी कार्य, स्वास्थ्य सम्बन्धी कार्य एवं सेवा र विपद् व्यवस्थापनको कार्यहरु भने निरन्तर रहने जनाएको छ । नगरपालिकाभित्र पनि कोभिढ १९ संक्रमित देखिन थालेपछि नगरप्रशासनले सतर्कता बढाएको हो ।
अघिल्लो साता उपत्यकाका मेयरहरुको फोरमको निर्णय अनुरुप नगरपालिकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्न र आवतजावत न्यूनिकरण गर्नपनि यसअघि नै सूचित गरिसकेको छ । यद्यपी कोरोना संक्रमणको जोखिमलाई नजरअन्दाज गर्दै नगरभित्र समूदाय र नागरिकस्तरबाट उच्चतम सतर्कता अपनाएको पाइएको छैन ।