तारकेश्वरमा बिहान तीनघण्टा पसल खोल्ने दिइने

तारकेश्वर, ४ भदौ । तारकेश्वर नगरपालिकाभित्र निषेधाज्ञाका बीच बिहान तीनघण्टा पसलहरु खोल्न पाइने भएको छ ।

नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै नगरपालिकाभित्र बिहान ५ बजेदेखि ८ बजेसम्म पसलहरु तोकिएको समयमा सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ । ।

कोभिड १९ को महामारी बढ्दै जाँदा काठमाडौ जिल्ला प्रशासनले बिहीवारदेखि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले निषेधाज्ञालाई पुर्णरुपमा पालना गरि कोभिड १९ रोग रोकथाममा सहयोग पुर्याउन पनि नगरवासीलाई आग्रह गरेको छ ।