तारकेश्वरमा थप दुईजनालाई कोरोना संक्रमण, एक होम आइसोलेसनमा, एकजना अस्पतालमा

तारकेश्वर, ४ भदौ । तारकेश्वर नगरपालिकाभित्र थप २ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

तारकेश्वर नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार थप २ जनामा संक्रमण भएको हो । यो सँगै तारकेश्वरमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । नगर स्वास्थ्य कार्यालयका अनुसार थप संक्रमितमध्ये एकजना वडा नं ८ का पुरुष रहेका छन् भने अर्का एकजना वडा नं ५ का एक पुरुष रहेका छन् ।

संक्रमितमध्ये एकजना वडा नं ५ का संक्रमित होम आइसोलेसनमा छन् भने ८ नं वडाका अर्का व्यक्तिको सशस्त्र प्रहरी अस्पतालमा उपचार भैरहेको तारकेश्वर नगर स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये यसअघि ६ जना निको भएको आंकडा आएपनि थपको विवरण प्राप्त हुनसकेको छैन । सबैतिर संक्रमित बढिरहँदा तानपामा पनि पछिल्लो समय सतर्कता बढाइएको छ ।