तानपाका सम्भावित कोरोना संक्रमितको शुक्रवार स्वाब संकलन गरिँदै

तारकेश्वर, ४ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले संक्रमितहरुको संसर्गमा रहेका सम्भावित संक्रमितहरुको परीक्षण गर्ने क्रम बढाएको जनाएको छ ।

यस अनुरुप नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शुक्रवारपनि संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलन गर्न लागिएको हो । नगर स्वास्थ्य कार्यालयका अनुसार शुक्रवार कम्तिमा ४० ५० जनाको स्वाब संकलन गरेर टेकु जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ । यसअघि झैं सम्भावित संक्रमितको स्वाब मानसिंह स्कूलमा संकलन गरिनेछ । यसअघि साउन ३२ गते  १६ जनाको स्वाब परीक्षण गराएको थियो । यसअघि साउन २९, साउन २८, साउन २७, साउन २६, साउन २५ र जेठ ८ गतेपनि नगरपालिकाको अग्रसरतामा स्वाब संकलन गरि कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालयहरुको सिफारिसका आधारमा संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

४ भाद्र २०७७, बिहीबार