साङ्लामा थप दुई जनालाई काेराेना संक्रमण, एकै परिवारका तीनजनामा देखियाे

तारकेश्वर, ७ भदाै । तारकेश्ववर नगरापालिका वडा नं १ साङ्गलामा थप दुईजनालाई काेराेना संक्रमण देखिएकाे छ ।शनिवार काेराेना संक्रमण पुष्टि भएका ४७ वर्षीय पुरुषकाे ४७ वर्षीया श्रीमती र २७ वर्षीया छाेरीलाई पनि संक्रमण देखिएकाे १ नं का वडाध्यक्ष विदुर सापकाेटाले तारकेश्वर अनलाईनलाई जानकारी दिए । उनीहरुसँगै तारकेश्वरमा काेराेना भाईरसकाे संक्रमण हुनेकाे संख्या ४९ पुगेकाे छ । काेराेना संक्रमण देखिएकाे साङ्लाका व्यक्तिहरुकाे निवास क्षेत्रमा शनिवार वडा कार्यालय र प्रहरीले सिल गरेकाे छ ।