७ किलो अफिमसहित शेषमतिबाट दुईजना पक्राउ

तारकेश्वर, ८ भदौ । तारकेश्वर नगरपालिका वडा नं ४ शेषमतीबाट प्रहरीले २ जनालाई ७.१ किलो लागुऔषध अफिमसहित रंगेहात पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बाटोमा झोला बोकेर हिँडीराखेको अवस्थामा एक केटा र एक केटीलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो १ बजेतिर जाजरकोट स्थायी घर भएका २३ वर्षीय दिलिप विक र रामेछाप घर भएकी १९ वर्षीय शर्मिला राउत अफिम सहित शेषमती सडकमा पक्राउ परेको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई महानगरीय प्रहरि अपराध महाशाखाले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार ती लागुऔषध गाउँघरबाट १ लाख पचास हजार रुपैयाँ किलोमा ल्याएर ८ लाखसम्ममा बेच्ने गरेको पाइएको जनाएको छ ।