तानपा -१० मनमैजुमा २४ जनालाई कोरोना संक्रमण, गोलढुंगामा १३ र नेपालटारमा १० जनामा पोजेटिभ
तारकेश्वर, ९ भदौ । तारकेश्वर नगरपालिकाको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् ।
सोमबारसम्म २२ जना कोरोना संक्रमित रहेको वडामा मंगलबार २ जना थपिँदै २४ जना पुगेको हो । त्यस्तै नगरको वडा नं ५ गोलढुंगामा १३ जनामा संक्रमण रहेको छ भने वडा नं ११ नेपालटार क्षेत्रमा १० जना संक्रमित रहेको नगरपालिकाको आंकडामा उल्लेख छ । मनमैजु ९ नं मा ७ जना, ८ नं मा ५ जना, ६ नं धर्मस्थलीमा र ७ नं फुटुंगमा हालसम्म कोरोना संक्रमित पहिचान भएका छैनन् । नगरपालिकाको पछिल्लो विवरण अनुसार वडा नं ४ गोलढुंगामा ४ जना, वडा नं ३ जीतपुरफेदीमा १ जना, २ नं काभ्रेस्थलीमा २ जना र वडा नं १ सांग्लामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नगरपालिकाको तथ्यांक अनुसार तारकेश्वरमा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जना संक्रमित निको भएको तथ्यांक आएपनि यसको लामो समयदेखि अद्यावधिक आंकडा आउन सकेको छैन । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिंग र विवरण संकलनमा नगरले उदासिनता देखाउँदा संक्रमण फैलने जोखिम बढेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।