तारकेश्वर-११ को कोरोना संक्रमण देखिएको क्षेत्रमा १५ गतेसम्म सिल

तारकेश्वर, ११ भदौ । तारकेश्वर नगरपालिका वडा नं ११ मा कोराना संक्रमित देखिएको क्षेत्रमा वडा कार्यालयले सिल गरेको छ ।

वडा कार्यालयले  कोरोना संक्रमित देखिएको भन्दै सो क्षेत्रमा भदौ १५ गतेसम्म सिल गरेको हो । साथै वडा कार्यालयले सो क्षेत्रका संक्रमितसँग सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गरिनेपनि स्पष्ट पारेको छ । कोरोना संक्रमण देखिएपछि स्थानीयलाई सचेत रहन आग्रह गरेको र कन्ट्याक्ट ट्रेसिंगका लागि संक्रमितको घरवर सिल गरिएको ११ नं की वडाध्यक्ष बिन्दा बुढाथोकीले तारकेश्वर अनलाईनलाई जानकारी दिइन् ।

तारकेश्वर नगरभरि गरेर बिहीवारसम्म ७७ जनालाई कोरोना संक्रमण भएको छ भने एकजनाको मृत्यु भएको छ ।

यस्तो छ वडा कार्यालयको सूचना

११ भाद्र २०७७, बिहीबार