तारकेश्वरका ४६ कोरोना संक्रमित होम आइसोलेसनमा, संक्रमण फैलने जोखिम

तारकेश्वर, ११ भदौ । तारकेश्वर नगरपालिकाका कोरोना संक्रमित भएकामध्ये ४६ जना होम आइसोलेसनमा रहेको पाइएको छ ।

तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले संकलन गरेको विवरणमा ४६ जना होम आइसोलेसन र ३० जना विभिन्न निजी अस्पतालमा उपचाररत रहेका छन् । कोरोना संक्रमितहरुलाई राख्न नगरपालिकाले आइसोलेसन तयार गर्ने अन्तिम चरणमा पुगेको भनिएपछि ४६ जना बिरामी होम आइसोलसनमा बस्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

स्वास्थ्यविज्ञहरुका अनुसार होम आइसोलसनमा बस्दा नचाहाँदा नचाहँदैपनि परिवारका सदस्यसँग सम्पर्क भई भाइरस फैलनसक्ने जोखिम उच्च रहन्छ ।

११ भाद्र २०७७, बिहीबार