तारकेश्वरमा कन्ट्याक्ट ट्रेसिंग गरिएका २३ जनामा कोरोना संक्रमण

तारकेश्वर, १२ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

नगरपालिकाले शुक्रवार उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो आंकडामा पाँचजना संक्रमित थप हुँदै ८२ जना पुगेको हो । जसमध्ये २३ जना कन्ट्याक्ट ट्रेसिंगबाट परीक्षण गरिएका व्यक्ति भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको ४३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । ती संक्रमितलाई नगरपालिकाले पाँचहजार पोषण भत्ता दिने जनाएको छ । त्यस्तै २२ जना संक्रमित भने विभिन्न अस्पतालमा रहेका छन् ।

नगरमा हालसम्म ४ सय ४३ जनाको नमूना परीक्षण गरिएको छ । ८२ जनामध्ये हालसम्म १७ जना निको भएका छन् । निको हुनेमा ९ जना होम आइसोलेसनमै बसेर निको भएका छन् भने ८ जना उपचारपछि निको भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ६४ जना सक्रिय संक्रमित रहेका छन् । नगरको वडा नं ११ का एकव्यक्तिको हिजो मृत्यु भएसँगै तारकेश्वरमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भइसकेको छ ।