तारकेश्वरका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिमभत्ता, अग्रस्थानमा खटिनेलाई शतप्रतिशत

तारकेश्वर, १२ भदौ । तारकेश्वरमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाले शुक्रवार स्वास्थ्य मापदण्ड अपनाउँदै आयोजना गरेको पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले स्वास्थ्यकर्मीहरुलाई थप भत्ता दिने निर्णय भएको जानकारी दिए ।
‘सबै स्वास्थ्यकर्मीलाई ५० प्रतिशत र अग्रस्थानमा खटिनेहरु (डाक्टर, नर्स, स्वाब संकलन गर्ने व्यक्ति, एम्बुलेन्स चालक) लगायतलाई भने खटिएको दिनको आधारमा दैनिक थप शतप्रतिशत भत्ता दिने निर्णय गरेका छौं ।’ लम्सालले भने ।
नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नगरले उच्च सतर्कता र सुरक्षा अपनाउँदै काम गरिरहेको उनको भनाइ छ ।