तारकेश्वर-२ मा एकैपरिवारका ४ जनालाई कोरोना, वडाध्यक्षको अग्रसरतामा घर र चर्चमा सिल

तारकेश्वर, १४ भदौ । तारकेश्वर नगरपालिकाको वडा नं २ को पद्मशालमा एकै परिवारका चारजनालार्इं कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास बढेको छ ।
कोरोना संक्रमित देखिएसँगै सो क्षेत्रमा चारकिल्ला तोकी सिल गरिएको छ । सिल हुनेमा रामजी तामांगको घर रहेको छ भने सँगैको चर्चपनि सिल गरिएको वडा नं २ का अध्यक्ष रवीन्द्र केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

वडाध्यक्ष केसीका अनुसार वडा स्वास्थ्य शाखा प्रमुख ,धर्मस्थलली चौकीका प्रतिनिधि ,पद्मशाल टोलसुधार समितिका अध्यक्ष अर्जुन तामाङ्गको रोहबरमा पद्मशामन तामाङ्गको घर तथा चर्च शिल गरिएको हो । सिल गरिएको स्थानमा पूर्वट्टी पद्मशाल मूलबाटो, पश्चिम प्लानिंग जाने बाटो, उत्तरमा दीपककुमार अधिकारीको घर र दक्षिणमा झलक लामाको घर क्षेत्रमा सिल गरिएको हो ।

नगरपालिकामा आइतबारसम्म १ सय ५ जनामा कोरोना संक्रमण देखिसकिएको छ भने वडा नं २ मा ६ जना संक्रमित भएका छन् ।

१४ भाद्र २०७७, आईतवार