बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त

काठमाडौं, १५ भदाै । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो।                                                                                      उपसभामुख तामाङ र छोराको आइतबार साँझ रिपोर्ट नेगेटिभ आएको हाे । उपसभामुख तामाङले कोरोना भाईरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा यो भयानक रुपमा नभई साामान्य लिनुपर्ने सुझाव दिइन् । उनले तारकेश्वर अनलाईनसँग भनिन् ‘कोरोनालाई हटाउन बढि माया चाहिने रहेछ तिरस्कार होइन ।’