सांसदहरुले गरे तारकेश्वरको सुरु नभएको आइसोलेसनको अवलोकन, सहयोग गर्ने आश्वासन

तारकेश्वर, १५ भदौ । तारकेश्वर नगरपालिकाले आइसोलसनका लागि भनेर तयार गरेको सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रको प्रदेश सांसदहरुले अवलोकन गरेका छन् ।
प्रदेश सांसद दीपक निरौला, सघिय सासंद जिवनराम श्रेष्ठ लगायत टोलीले आइसोलेसन भवनको अवलोकन गर्दै आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आइसोलेसन केन्द्रको क्षमता विस्तार गर्न सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
अवलोकन कार्यक्रममा नगरकी उपप्रमुख भवानी डोटेल धितालले नगरले कोभिड नियन्त्रणका लागि गरेको तयारीबारे बताएकी थिइन् । त्यस्तै सो अवसरमा नगरका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष विदुर सापकोटाले आइसोलेसन केन्द्रमा रहेको वर्थिंग सेन्टरको सामान वडा कार्यालयसँगै रहेको स्कूलको भवनमा सारेर आइसोलेसन तयार गरिएको बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले आइसोलेसन केन्द्रमा तत्काल ५० बेड रहने जनाए । यद्यपी आइसोलेसन केन्द्र हालसम्म सुरु गरिएका छैन । भने कोही पनि संक्रमितलाई नगरले आफ्नो आइसोलेसनमा राखेको छैन ।
१६ भाद्र २०७७, मंगलवार