मनमैजु-८ मा थपिए दुईजना कोरोना संक्रमित, पुग्यो १ सय १५
काठमाडौं, १६ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ । मंगलबार मनमैजु ८ मा एक महिला र एक पुरुष गरि २ जना संक्रमित थपिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म २८ जना संक्रमित निको भएका छन् । ८६ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ३८ जना कन्ट्याक्ट ट्रेसिंगबाट पोजेटिभ देखिएका हुन् ।
हालसम्म नगरका ६ सय २१ जनाको पीसीआर परीक्षण गरिएको छ ।नगरले मंगलबार पनि ७९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ ।
तारकेश्वर नगरको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । वडा नं ५ गोलढुंगामा १५ जना र वडा नं ४ गोलढंगामा १० जना संक्रमित भएका छन् । वडा नं ११ नेपालटारमा १६ जनालाई कोरोना संक्रमण देखिएको छ । वडा नं १ मा ४ जना, वडा नं २ मा ६ जना, वडा नं ३ मा २ जना संक्रमित छन्।
त्यसमध्ये वडा ११ को एकजना कोरोना संक्रमित पुरूषको गतसाता किष्ट अस्पतालमा मृत्यु भएको छ।