तारकेश्वर वडा नं २ मा रक्तदान सम्पन्न, ३० पिन्ट संकलन

तारकेश्वर, १८ भदौ । देशभर रगत अभाव भएका बेला तारकेश्वर नगरपालिका वडा नं २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी र लायन्स क्लव अफ तारकेश्वरको आयोजनामा काभ्रेस्थली स्वास्थ्य चौकी प्रांगणमा कार्यक्रमको आयोजना गरिएको वडा नं २ का अध्यक्ष रवीन्द्र केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए । कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । स्वास्थ्य चौकीको प्राङ्गणमा स्वस्फुर्त रूपमा सहभागी रक्तदानमा सहभागी हुनेलाई वडा कार्यालयले धन्यवाद दिएको छ ।

लकडाउनका कारण रक्तदानको कार्यक्रमहरु कम हुँदा रगतको अभाव सिर्जना भएको केन्द्रीय रक्तसञ्चार केन्द्रले यसअघि नै जनाइसकेको छ । यो अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै रक्तदानको कार्यक्रमहरु आयोजना गरिनुपर्ने सरोकारवाला बताउँछन् ।