फटुङबाहेक नगरको सबै वडामा फैलियो कोरोना संक्रमण

तारकेश्वर , भदौ १८ । तारकेश्वर नगरपालिकाको फुटङबाहेक सबैतिर कोरोनाको संक्रमण फैलिएको छ ।
बिहीबार धर्मस्थली ६ मा एक पुरूष र एक महिलामा कोरोना संक्रमण फैलिएको हो। यसअघि नगरको ९ वटा वडामा मात्र कोरोना फैलिएको थियो। बिहीबारसम्म नगरमा कोराना संक्रमितको संख्या १ सय ४३ पुगेको छ।
बिहीबार मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन्। नगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिकामा हालसम्म २८ जना संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ सय १४ पुगेको छ। हालसम्म नगरका ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ भने ४४ जनाको कन्ट्याक ट्रेसिङगर्दा पोजेटिभ देखिएको पालिकाले बताएको छ। त्यसमध्ये वडा ११ को एकजना कोरोना संक्रमित पुरूषको गतसाता किष्ट अस्पतालमा मृत्यु भएको छ।
१८ भाद्र २०७७, बिहीबार