सांग्ला लामपिढीमा एकैपरिवारका दुईजनालाई कोरोना, एकजना अस्पताल, एकजना घरमै
तारकेश्वर, १९ भदौ । तारकेश्वर नगरपालिका वडा नं १ मा एकै परिवारका दुईजनालाई कोरोना संक्रमण देखिएको छ ।
नेपाली सेनामा कार्यरत एक व्यक्ति र उनको बुबालाई कोरोना संक्रमण देखिएको वडा कार्यालय स्रोतले जनाएको छ । वडा नं १ सांग्ला लामपिढीमा बस्ने छाउनी मा उपचाररत झण्डै ६५ वर्षभन्दा माथिका एकजना वृद्ध र उनका २७ वर्षीय छोरालाई कोरोना संक्रमण देखिएकोमा बुबालाई छाउनी अस्पतालबाट ग्राण्डी अस्पतालमा सारिएको छ भने छोरा होम आइसोलेसनमा बसेका छन् ।
सो क्षेत्रलाई वडा कार्यालयले सिल गर्ने तयारी गरेको छ ।
१९ भाद्र २०७७, शुक्रबार