तारकेश्वरको सबै वडामा फैलियो कोरोना संक्रमण

काठमाडौं, भदौ १९ । तारकेश्वर नगरपालिकाको सबै वडामा कोरोनाको संक्रमण फैलिएको छ । शुक्रबार फुटुङ ७ का एक पुरूषमा पनि कोरोना संक्रमण देखिएसँगै सबै वडामा संक्रमण फैलिएको हो ।

यसअघि नगरको १० वटा वडामा मात्र कोरोना फैलिएको थियो। शुक्रबारसम्म नगरमा कोराना संक्रमितको संख्या १ सय ७१ पुगेको छ।

नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार मात्रै २८ जना कारोना संक्रमण देखिएको छ।

सबैभन्दा बढी मनमैजु–१० मा ५२ जना र सबैभन्दा कम फुटुङ–७ मा १ जनामा कोरोना फैलिएको छ।

त्यस्तै, नेपालटार–११ मा २४, मनमैजु–८ र गोलढुंगा–४ मा २२÷२२, गोलढुंगा–५ मा १७, मनमैजु–९ मा ११, काभ्रेस्थली–२ र जितपुरफेदी–३ मा ७÷७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा २ जनामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

शाखाले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिकामा हालसम्म २९ जना संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ सय ४१ पुगेको छ। हालसम्म नगरका ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको छ भने ६७ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।