तारकेश्वरको एकै वडामा ५७ जना कोरोना संक्रमित

काठमाडौं, २१ भदौ  । तारकेश्वर नगरपालिकाको एकै वडामा ५७ जना कोरोना संक्रमण फैलिएको छ।

नगरको मनमैजु–१० मा आइतबारसम्म सो संख्यामा कोराना संक्रमण फैलिएकोहो। नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार हालसम्म नगरमा कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ। सबैभन्दा कम फुटुङ–७ मा २ जनामा कोरोना फैलिएको छ।

त्यस्तै, नेपालटार–११ मा २७, मनमैजु–८ मा २२, गोलढुंगा–४ मा २१, गोलढुंगा–५ मा १६, मनमैजु–९ मा १४, काभ्रेस्थली–२ मा १०, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा २३ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ। शाखाले दिएको जानकारी अनुसार तारकेश्वर नगरपालिकामा हालसम्म ३५ जना संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ सय ४९ पुगेको छ।

हालसम्म नगरका ८ सय ६ जनाको पिसीआर परीक्षण गरिएको छ भने ६७ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।