तानपामा कोरोना संक्रमित १ सय ८९ जना पुगे, अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने धेरै

काठमाडौं, २३ भदौ । तारकेश्वर नगरपालिका हालसम्म कोरोना संक्रमितको संख्या १ सय ८९ पुगेको छ।

नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ५८ र सबैभन्दा कम फुटुङ–७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार–११ मा २७, मनमैजु–८ मा २२, गोलढुंगा–४ मा २१, गोलढुंगा–५ मा १६, मनमैजु–९ मा १७, काभ्रेस्थली–२ मा १०, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा ३ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ।

संक्रमितमध्ये ९६ जना होम आइसोलेसन, २३ जना अस्पताल आइसोलेसन, २३ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म ४४ जना संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको छ। हालसम्म नगरका ८ सय ६ जनाको पिसीआर परीक्षण गरिएको छ भने ६७ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।