तानपामा कोरोना संक्रमित २ सय नाघे, मंगलबार १४ जना थपिए

काठमाडौ, २३ भदौ । तारकेश्वर नगरपालिकामा हालसम्म कोरोना संक्रमित संख्या २ सय ३ पुगेको छ।

नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु-१० मा ६० र सबैभन्दा कम फुट्ड-७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार-११ मा २८, मनमैजु ८ मा २२, गोलढुगा-४ मा २२, गोलगा माँ १८, मनमैजु-२ मा १८, काभ्रेस्थली-२ मा ११, जितपुरफेदी-२ मा ७, साइला-१ मा ८ र धर्मस्थली-६ मा ६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।

संक्रमितमध्ये  ९४ जना होम आइसालेसन, २६ जना अस्पताल आइसोलेसन, २५ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन। नगरमा हालसम्म ५५ जना निको भएका छन्। संक्रमितको संख्या १ सय ४७ पुगेको छ। हालसम्म नगरका ८ सय ६५ जनाको पीसीआर परीक्षण गराएको छ भने ७५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा  देखिएको शाखाले जानकारी दिएको छ ।