तारकेश्वर -४ मा लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न
तारकेश्वर, २४ भदौ । तारकेश्वर नगरपालिका वडा नं ४ को गुजेश्वरीमा लायन्स क्लब अफ काठमाडौ आधारले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन् । उनीहरुबाट १ सय ७ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौकी आधिकारिक प्रेसिडेन्ट धन माया सिञ्जालिले तारकेश्वर अनलाईनलाई जानकारी दिइन् ।
क्लबले विभिन्न समयमा सामाजिक कार्यक्रम आयोजना गर्ने गर्छ । हाल कोभिड-१९ ले गर्दा अस्पतालहरुमा रगत अभाव हुन थाले छि विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना भइरहेको छ । तारकेश्वर नगरपालिकामा पनि भदौ महिनामा रक्तदान कार्यक्रमहरु आयोजना भइरहेको छ।