तारकेश्वरमा एकैदिन २० जनालाई देखियो कोरोना, संक्रमितको संख्या २ सय २३

तारकेश्वर, २५ भदौ । तारकेश्वर नगरपालिकामा बुधबार एकैदिन कोरोना संक्रमित २० जना थपिएका छन्।
नगरमा कोरोना संक्रमित संख्या २ सय २३ पुगेको छ। नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६० र सबैभन्दा कम फुटुङ– ७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार–११ मा ३५, मनमैजु–८ मा २४, गोलढुङ्गा–४ मा २२, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २७, काभ्रेस्थली–२ मा १४, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा ८ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
संक्रमितमध्ये १ सय १० जना होम आइसालेसन, ३० जना अस्पताल आइसोलेसन, २५ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन। नगरमा हालसम्म ५५ जना निको भएका छन्। संक्रमितको संख्या १ सय ४७ पुगेको छ। हालसम्म नगरका ८ सय ९३ जनाको पिसीआर परीक्षण गराएको छ भने ७५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ ।
२५ भाद्र २०७७, बिहीबार