तारकेश्वर-६ मा गरिब असहायलाई राहत वितरण सम्पन्न

तारकेश्वर, २८ भदौ । समाजसेवी खेलाडी बिक्रम खड्गी, सुवास रेग्मी, रोशन आचार्य लगायत तारकेश्वरका अभियन्ता र समाजसेवीहरुको समुहको सहयोगमा शनिवार तारकेश्वर नगरपालिका वडा नं ६ मा राहत तथा सहयोग वितरण गरिएको छ । लकडाउनको असरले मारमा परेका ज्याला मजदुरी गर्ने, असहाय, विपन्न, अपाङ्ग र निम्न आय भएका ब्यक्तिहरुलाई सहयोग प्रदान गरिएको हो ।

तारकेश्वर नगरपालिका भित्र लकडाउनका कारण गुजारा चलाउन समस्यामा परेकाहरुलाई राहत वितरण गरेर सहयोग गर्दै आएको र अबका दिनमा पनि यसरी नै सहयोग गर्ने योजना रहेको समाजसेवी एवं खेलाडी बिक्रम खड्गीले तारकेश्वर अनलाईनलाई बताए ।

उक्त राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता बिष्णुभक्त तिमिल्सिना, मानवअधिकारवादी हरी तिमिल्सिना, नेपाली कांग्रेस वडा नं ६ का सभापति बिनोद भट्ट लगायत सहभागी थिए ।

२८ भाद्र २०७७, आईतवार