गंगामाया अधिकारीको जीवन रक्षा गर्न न्यायका लागि मानवअधिकारको खबरदारी

काठमाडौं, २८ भदौ । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारी निर्णयपछि चिकित्सकीय निगरानीमा रहेकी गंगामाया अधिकारीको जीवन रक्षा र उचित हेरचाहका लागि मानव अधिकारवादीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोभिड १९ को अस्पतालका रुपमा विकास भएसँगै अस्पतालमा रहेकी अधिकारीको जीवन रक्षा र हेरचाहका लागि संस्थाले सबै निकायमा पत्राचार गरेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।
न्याययका लागि मानव अधिकार संस्थाले एक विज्ञप्ति निकाल्दै न्यायको माग गर्दागर्दै नन्दप्रसाद अधिकारीको मृत्यु भएको र हालसम्म तत्कालिन नेकपा माओवादी कार्यकर्ताहरुले गरेको हत्याको दोषीउपर कार्वाही नभएको भन्दै तत्काल कार्वाहीको मागपनि गरिएको छ ।
हेरौं न्यायका लागि मानवअधिकारको विज्ञप्ति