तारकेश्वरमा एक हप्तामै थपिए ७५ जना कोरोना संक्रमित

काठमाडौं, २८ भदौ । तारेश्वर नगरमा एक हप्तामा ७५ जना कोरोना संक्रमित ७५ जना थपिएका छन्।
गत आइतबार नगरमा कोरोना संक्रमितको संख्या १ सय ८५ थियो। एकहप्ता पछि उक्त संख्या बढेर २ सय ६० पुगेको। मनमैजु–१० मा सबैभन्दा बढी ७३ जना कोरोना संक्रमित छन् भने फुटुङ–७ मा सबैभन्दा कम ३ जना छन्।
त्यसैगरी, साङ्ला–१ मा ८, काभ्रेस्थी–२ मा १३, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा २४, गोलढुंगा–५ मा १९, धर्मस्थली–६ मा १६, मनमैजु–८ मा २५, मनमैजु–९ मा ३० र नेपालटार ११ मा ४२ जना कोरोना संक्रमित छन्। संक्रमितमध्ये १ सय ३२ जना होम आइसालेसन, ३३ जना अस्पताल आइसोलेसन, २१ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन।
नगरमा हालसम्म ७० जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। हालसम्म नगरका ११ सय २४ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ।