तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या २ सय ८४ पुग्यो, ७१ जना निको भए
काठमाडौं, २९ भदौ । तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ।
ती मध्ये सबैभन्दा बढी मनमैजु–१० मा ७९ जना कोरोना संक्रमित छन् । त्यसैगरी, साङ्ला–१ मा ८, काभ्रेस्थली –२ मा १४, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा २४, गोलढुंगा–५ मा १९, धर्मस्थली–६ मा १७, मनमैजु–८ मा २९, मनमैजु–९ मा ३३ र नेपालटार ११ मा ४७ जना कोरोना संक्रमित छन्। संक्रमितमध्ये १ सय ५४ जना होम आइसालेसन, ३३ जना अस्पताल आइसोलेसन, २२ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन।
नगरमा हालसम्म ७१ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ। हालसम्म नगरका ११ सय ४६ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ।