तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुग्यो

काठमाडौं, ३० भदौ । तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।

ती मध्ये सबैभन्दा बढी मनमैजु–१० मा ७९ जना कोरोना संक्रमित छन्। त्यसैगरी, साङ्ला–१ मा ९, काभ्रेस्थली –२ मा १४, जितपुरफेदी–३ मा ७, गोलढुंगा–४ मा २४, गोलढुंगा–५ मा २४, धर्मस्थली–६ मा १७, फुटुङ–७ मा ७, मनमैजु–८ मा २९, मनमैजु–९ मा ३४ र नेपालटार ११ मा ४७ जना कोरोना संक्रमित छन्।

संक्रमितमध्ये १ सय ५१ जना होम आइसालेसन, २८ जना अस्पताल आइसोलेसन, २२ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन।

नगरमा हालसम्म ७८६ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३ पुगेको छ। हालसम्म नगरका ११ सय ४६ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।